वर्षको एकदिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको हो । काठमाण्डौको हनुमानढोका दरबारमा रहेको तलेजु भगवतीको मन्दिर वर्षको एकदिन आज महानवमीको दिन मात्रै खुल्ला हुन्छ ।
विजया दशमीको अवसरमा खुल्ला गरिने तलेजु मन्दिरमा आजको दिन लामबद्ध भएर दर्शनका लागि बसेकाहरु सबैलाई दर्शन र पूजाआराधना गर्न दिइने बताइएको छ ।
कोरोना महामारीको जोखिमका कारण गएको वर्ष आम नागरिकहरुलाई दर्शनका लागि खुल्ला नगरिएको तलेजु भगवतीको मन्दिर यस वर्ष भने स्वास्थ्यका मापदण्ड पूर्ण पालना गराएर खुल्ला गरिएकाे हाे ।





