Logo
११ कार्तिक २०८३, बुधबार
|  Wed Oct 28 2026

साफको फाइनल खेलपछि कहिल्यै नेपाल नफर्किने अल्मुताइरीको घोषणा


नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल नफर्किने बताएका छन्। बुधबार बंगलादेशसँगको १–१ गोलको बराबरीपछि आयोजित पत्रकार सम्मेलनमा अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि कहिल्यै नेपाल नफर्किने घोषणा गरेका हुन्।

उनले आफूले यसअघि नै राजीनामा दिएको खुलासा गर्दै भारतसँगको साफ च्याम्पियनसिपको फाइनल खेल नै आफ्नो अन्तिम खेल भएको उद्घोष गरे। पछिल्ला केही दिन आफूले निकै तनावमा गुजारेको भन्दै उनले नेपालले फाइनल यात्रा तय गरेकोमा खुसी व्यक्त गरे।

‘आफ्नो कोचलाई सम्मान गर्नुपर्छ, हामी परिवार हौँ, हामी एउटै परिवारका सदस्य हौँ। तपाईंहरूले यस्तो बोलेर खुसी मिल्यो र ? म्याच फिक्सिङ गर्‍यो भनेर तपाईंहरू खुसी हुनुहुन्छ, तपाईंहरूलाई गर्व महसुस भयो ? म कोच हो, के सोच्नुभएको छ ? के प्रतिक्रिया दिनुभएको छ ? मान्छेले मान्छेलाई सम्मान गर्नुपर्छ। म नोकर होइन, कोच हुँँ। आउँदो फाइनल गेम मेरो नेपालका लागि लास्ट म्याच हुनेछ। म कहिल्यै नेपाल फर्किनेछैन। पत्रकारहरूलाई म भन्छु– मेरो आफ्नै इज्जत र प्रतिष्ठा छ,’ उनले भने।

 


प्रतिक्रिया दिनुहोस !
विचार