नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांस्कृतिक पर्वहरुले भातृत्व विकासमा योगदान दिने बताएका छन् । दसैँ, तिहार, नेपाल सम्वत् र छठलगायतका चाडपर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले हाम्रा सांस्कृतिक पर्वले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको बताएका हुन् ।
प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य छन्, यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकताबद्ध राष्ट्र बन्न सफल भएको हो ।”
अध्यक्ष प्रचण्डले कोरोना महामारीलाई ध्यानमा राखेर विजयादशमी मनाउन पनि अपिल गरेका छन् । प्रचण्डले जारी गरेको शुभकामना सन्देशमो पूर्ण पाठ यस्तो रहेको छ ।






