राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै राष्ट्रिय एकता सुदृढ गर्न मद्धत पुगोस् भनी कामना गरेकी छिन् ।
विजया दशमी २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छिन्,“यस प्रकारका चाडपर्वहरूबाट नेपाली समाजको मौलिक पहिचानका रूपमा रहेको जातीय, भाषिक, भौगोलिक, सामाजिक र सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास लिएको छु ।”
राष्ट्रपति भण्डारीले कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर दशैं मनाउँन समेत आग्रह गरेकी छिन् ।





