Logo
४ श्रावण २०८३, सोमबार
|  Tue Jul 21 2026

प्रधानमन्त्रीको देउवाको दशैं शुभकामना : सबैको मुहारमा खुसी छाओस्


प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा शुभकामना व्यक्त गर्दै सबै नेपालीको मुहारमा खुसी छाओस् भनी कामना गरेका छन् ।
प्रधानमन्त्री देउवाले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ , विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गरे । उनले भने, “यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ ।”

प्रधानमन्त्री देउवाले कोरोना कहर नसिकएको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई आग्रह समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार