
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा फराकिलो अग्रता कायम गरेका छन् । मंगलबार बिहानसम्मको मत परिणामलाई हेर्दा शाहीले १२९० मत प्राप्त गरेका छन् भने गठबन्धनकी उम्मेदवार माओवादी नेतृ गोमा गौतम कुँवरले ५२२ मत प्राप्त गरेकी छिन् ।
भ्रष्टाचार विरोधी अभियन्ताको पहिचान बनाउँदै राष्ट्रिय राजनीतिमा प्रवेश गरेका शाहीले ३१८६८ मत ल्याएर चुनाव जित्ने दाबी आजको प्रेस डटकमसँगको अन्तर्वार्तामा गरेका थिए ।