Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

दिनभर जनता ग्यासको लाइनमा बस्नेको पीडा कहिले बुझ्ने हो ?


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अहिले देशमा कोही पनि सुरक्षित नभएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले सरकारले काम नगर्दा नागरिक सुरक्षित हुन नसकेको बताएका छन् ।

उनले धाकधम्की दिनेविरुद्ध कारबाही नहुने गरेको बताए । उनले भने, ‘धम्की आइरहेको छ। रिपोर्ट गर्दा कारबाही नभइरहेको स्थिति छ । यात्रा गर्दा असुरक्षित महसुस गर्नुपर्ने स्थिति छ।’ उनले सरकारले जनताको दुःख महसुस गर्न नसकेको बताए । उनले भने, ‘दिनभर जनता ग्यासको लाइनमा बस्नेको पीडा कहिले बुझ्ने हो ? जनताको पीडा महसुस हुनुपर्ने हो । तर एसीको कोठा छ, एसी भएकै गाडी छ, घरमा पनि एसी छ । उसले कसरी जनताको पीडा बुझ्छ ?’ उनले प्रधानमन्त्रीको गैरजिम्मेवारीपनले देशमा समस्या उत्पन्न भइरहेको आरोप लगाए ।

अध्यक्ष साम्पाङले कोर्रा लगाउने कानुन बनाउन प्रस्ताव गरे । उनले मन्दिर र गुम्बा भत्काउने र मस्जिदमा आगो लगाउनेलाई कारबाही गर्नुपर्ने बताए ।

 


प्रतिक्रिया दिनुहोस !
विचार