Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

सरकार गठन भएको १०० दिनमा एक लाख युवा स्वदेश फर्काउने प्रतिबद्धता ‘कहाँ पुग्यो ?’


काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीलाई संसदप्रतिको जवाफदेहिता र जनताका दैनिक समस्याप्रति गम्भीर बन्न आग्रह गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद केसीले प्रधानमन्त्रीको एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको हो भन्दै प्रश्न गरेका हुन् । उनले देश र जनताको हितमा सिङ्गो संसद् प्रधानमन्त्रीको साथमा रहेको भन्दै संसदलाई उपेक्षा नगर्न आग्रह गरे ।

उनले भने, ‘देश र जनताको हितमा सिङ्गो संसद् तपाईँको साथमा छ। तर संसद्प्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्।’

सांसद केसीले संवैधानिक संस्थाहरू कार्यपालिकाका लाचार छायाँ बन्दै गएको आरोप लगाए । सरकारका केही राम्रा प्रयासहरू भए पनि त्यसमा हचुवा र विधिविहीन प्रक्रिया देखिएको बताए । उनले सरकार गठन भएको १०० दिनमा एक लाख युवा स्वदेश फर्काउने प्रतिबद्धता कहाँ पुग्यो भन्दै प्रश्न गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार