Logo
२०७९, २५ माघ बुधबार
|  Wed Feb 8 2023

चुनौति, सम्भावना र अवसरको घेरामा रवि ! – महेन्द्र थापा


चरम निराशा, बेथिति, भ्रस्टाचार, अभाव र विकृतिले वाक्क भएका नेपाली नागरिकको दल र नेताहरुप्रतिको आक्रोश र वितृष्णालाई भजाउँदै न कुनै संगठन, न ठोस योजना, न स्पस्ट भिजन, न त मार्ग निर्देशक सिद्वान्त नै, न त दृष्टिकोण र कार्य योजना केहि पनि तयारी नगरी नेपाली नागरिकको मनोविज्ञान र केहि समय अघिको स्थानिय निर्वाचनमा देखिएको परिवर्तनको बेगलाई हेरेर केहि युवाहरुका साथमा रवि झ्वाम्मै चुनावमा होमिए । जनताले रवि र उनको टिमले कल्पना गरे भन्दा धेरै माथि किन्तु परन्तु नसोचिकन विश्वास गरेर मत खन्याई दिए । यो उनको अपेक्षा र आँकलन भन्दा माथि रह्यो । सायद रवि र उनको टिम यसपालिको निर्वाचनमा पार्टी निर्माण गर्ने जनाधार तयार गर्न सकिन्छ कि र एक दुई थानसम्म जितिन्छ कि भन्ने आशमा मात्र थिए ? तर परिणाम सोचे भन्दा माथि रह्यो ।

अब समस्या के रह्यो भने, रवि र रविको टिम सांगठनिक र मानसिक रुपमा यो परिणामले दिएको जनअपेक्षा र चाहाना बोक्न तयार भई नसकेको अवस्थामा कसरी अगाडि बढ्छन् हेर्न बाँकि रह्यो ।

दोश्रो कुरा पार्टीको आधिकारिक दस्ताबेज, कार्यनिति, कार्य योजना, आर्थिक अवधारणा, सांगठनिक ढाँचा, संगठन, अनुभवि कार्यकर्ता केहि कोहि पनि नभएको अवस्थामा यत्रो देशभरिबाट प्राप्त जनमत, जन अपेक्षा र पार्टी सदस्यलाई कसरी व्यवस्थापन गर्छन् त्यो ठुलो चुनौतिको बिषय रहने छ ।

तेश्रो कुरा, जित्न त जिति हाले अब संसदमा गएर गर्ने के ?बोल्ने के ? सरकारमा जाने कि नजान े? त्यहाँ कोसँग मिलेर अगाडि बढ्ने ? सरकारमा नगए कस्तो प्रतिपक्षको भुमिका निभाउने ? जनजिविका, भ्रष्टाचार, वेथिति, विसंगतिलाई रोक्छौं भनेर जनतासँग गरिएका बाचाहरु कसरी उठान गर्ने र त्यी घोषणा पत्रमा कबुल गरिएका तमाम विषयहरु कसरी पुरा गर्ने ? विदेश निति कस्तो रहने ? त्यहाँ हुने कुटनितिक र भु–राजनीतिक तिकडममा आफुलाई कुन कित्तामा उभ्याउने ?
यावत अनुत्तरित प्रश्न र कार्यभार रविको टाउकोमा थुप्रिएको छ । कहिले काहिँ दल र तिनका अपरिपक्व नेतृत्वलाई चाहिएको भन्दा बढि विश्वास गर्नु पनि घातक हुन सक्छ ।

कुनै पनि दलका नेता ईमान्दार, निष्ठावान, त्यागी, स्पष्ट र क्षमतावान मात्रै भएर पुग्दैन । मुलुक हाँक्नु भनेको यो कुनै एउटा अभियान वा सानो विजनेश हाउस चलाउने कुरा जस्तो होइन । राजनीतिक भार खप्न सक्ने गरिको अनुभव र परिपक्वता पनि चाहिन्छ ब्यक्तिगत र साँगठनिक तवरम । बिना मजबुत जनाधार र त्यसलाई ब्यवस्थापन गर्न सक्ने परिपक्व र जिम्मेवार कार्यकर्ता भएको चुस्त सँगठन पनि चहिन्छ । रवि जिको हकमा हामीले निर्णय लिन अलिक हतारो गर्यौं कि भन्ने लाग्छ । यो चोटी उहाँको दललाई एक सिटसहित सम्मानजनक र आशा लाग्दो मत मात्र दिइनु पथ्र्यो ताकि अर्को चुनावसम्ममा उनले पार्टीको आन्तरिक ब्यवस्थापकिय र साँगठनिक काम गर्दै आफुलाई परिपक्व बनाउने थिए ।

यस किसिमको जनभार कहिले काहिँ देश र मलुकको लागि अभिसाप पनि बन्न सक्छ । यसैपालीको चुनावी परिणामले मुलुकलाई थप अस्थिर र अराजक बनाउने संकेतहरु देखा पर्न थालेका छन् । ब्यक्तिगत तवरले म रवि जि र उहाँको पार्टीलाई आगामी कार्यकालको लागि शुभकामना दिन चाहन्छु । “ भदौरे भेल असोजमा सुके जस्तो नहोस् ।


प्रतिक्रिया दिनुहोस !
विचार