Logo
२०८१, १ माघ मंगलवार
|  Tue Jan 14 2025

मेक्सिकोका कुख्यात लागूऔषध कारोबार नायिक गुजम्यानका छोरा पक्राउ


मेक्सिकोका सुरक्षा बलहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणअघि जेलमा रहेका लागूऔषध कारोबारका नायिके जोआकिन “एल चापो“ गुजम्यानका छोरालाई बिहीबार पक्राउ गरेका छन्   ।

“एल रटन“ (द माउस) उपनामले चिनिने ओभिडियो गुजम्यान लाई उत्तरपश्चिमी सहर कुलियाकानमा समातेर सैन्य विमानमा मेक्सिको सिटी लगिएको रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले पत्रकारहरूलाई भने ।

३२ वर्षीय ओभिडियो गुजम्यानको गिरफ्तारी  छ महिनाको खुफिया कार्यको परिणाम रहेको बताइएको छ ।

अमेरिकाले ओभिडियो गुजम्यानलाई कुख्यात सिनालोआ कार्टेलको प्रमुख खेलाडी भएको आरोप लगाउँदै पक्राउ गर्ने जानकारीको लागि ५० लाख डलर इनाम प्रस्ताव गरेको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार