Logo
२०७९, २५ माघ बुधबार
|  Wed Feb 8 2023

सामुदायिक विद्यालय भवन निर्माणमा व्यापक अनियमितता


सिरहाकाे एक सामुदायिक विद्यालयको भवन निर्माणमा व्यापक अनियमितता भएको पाइएको छ । गोलबजार नगरपालिका-९ स्थित जनता माध्यमिक विद्यालयकाे चारकोठे भवन बनाउँदा व्यापक अनियमितता गरिएको पाइएको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअर्तगत चार कोठे पक्की भवन निर्माणमा प्रधानाध्यापक सुरेन्द्र सिंहले प्राविधिकको स्टिमेटभन्दा बढीको काम विद्यालयको आन्तरिक कोषको रकम निकासा गरी अनियमितता गरेको स्थानीयले आरोप लगाएका छन् ।  गत आव ०७७-७८ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार कोठे भवन निर्माणमा रकम अपुग भएको भन्दै सिंहले विद्यालयको निजीकोषमा रहेको रकम मनोमानी निकालेर अनियमिता गरेको स्थानीय अभिभावकहरुको आरोप छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त जनसहभागितासहित ३९ लाख ६० हजार रकमले भवन निर्माण सम्पन्न गर्न अपुग भएको भन्दै प्रधानाध्यापक सिंहले विद्यालयको निजी खातामा रहेको १३ लाख रकम विना निर्णय चलाएको नाम नबताउने सर्तमा स्थानीय एक अभिभावकले बताए ।  भवन निर्माण कार्यका लागि विद्यालयले अभिभावक भेला गराई निर्माण समिति गठन गरी काम भने आफैले गरेको निमार्ण समितिका सदस्य सन्तोष सिंहले बताए । प्रधानाध्यापक सिंहले मनोमानी ढंगले काम गरेको निर्माण समितिका सदस्यसमेत रहेका उनकाे भनाइ छ ।

‘निर्माण समिति गठन भए पनि काम सुरु गरेदेखि अहिलेसम्म कुनै खोजतलास गरेको छैन, सिंहले आफ्नो ढंगले काम गराइरहेका छन्र,’ उनले भने । सन्तोषले प्रधानाध्याप सिंहले व्यक्तिगत स्वार्थका कारण विद्यालयको कोषको रकम निर्णयविनै चलाएकोले अनियमितता भएको आशंका व्यक्त गरे।  प्रधानाध्यापक सुरेन्द्र सिंहले सबैकाे सहमतिमै भवन निर्माण भएको दाबी गरे । ‘सबैको सहमतिमा थप कामसहित भवन निर्माण भएको छ, मैले साथीहरुको विश्वासमा काम गरें, अहिले आएर विमति देखिएको छ,’ उनले भने, ‘मैले लिखित गर्नुपर्ने थियो। तर, साथीहरुको विश्वासमा काम गरें । अहिले समस्या देखिएको छ । प्राविधिक मूल्यांकन भएको छैन, मूल्यांकनले तलमाथि देखाए साथीहरुसँग सल्लाह गरेर मिलाउनु पर्छ।’ विद्यालयले गरेको अघिल्लो कामको फरफारक नभए पनि विद्यालयमा थप चारकोठे भवन निर्माणका लागि ४५ लाख रकम परेको छ। चालू ०७९-८० मा पालिकाले नगरभित्रका १३ वटा विद्यालयको २-४ कोठे भवन निर्माणका लागि सिफारिस गरेको जसमध्ये चारवटा विद्यालयमा भवन र तीनवटा विद्यालयमा आइसिटी कार्यक्रम परेको शिक्षा शाखा अधिकृत सुवोध लामाले बताए । ‘हामीले सिफारिस गर्ने हो, विभागले विद्यालयको नाम कोड गरेरै पठाउने गरिन्छ,।

विल भरपाई फर्छ्याैट नगरेकै विद्यालयलाई कार्यक्रम पुनः कसरी परेको विषयमा शिक्षा शाखा अधिकृत लामा ‘आफूसँग पहिलाको कुनै अभिलेख नरहेको भन्दै पन्छिन खोजे । गत आव ०७७-७८ मा जनसमूह आधारभूत विद्यालय गुरुधाम,आ.वि. धर्मपुर,दलित आ.वि.मुक्सारलाई २ कोठे भवन र जनता मावि चन्द्रोदयपुर लाई चार कोठे भवन परेको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार