Logo
२७ श्रावण २०८३, बुधबार
|  Wed Aug 12 2026

भारतमा निर्मित खोकीका दुई झोल औषधि उज्वेकिस्तानका बालबािलकालाई प्रयोग नगर्न सिफारिस


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नोएडास्थित कम्पनी मेरियन बायोटेकले बनाएको खोकीका दुईवटा झोल औषधि उज्वेकिस्तानका बालबालिकाका लागि प्रयोग नगर्न सिफारिस गरेको छ ।

बुधवार एक मेडिकल उत्पादन चेतावनीमा डब्ल्यूएचओले मारियन बायोटेकद्वारा निर्मित कमजोर गुणस्तरका मेडिकल उत्पादनले गुणस्तरको मापदण्ड वा विशिष्टताहरू पूरा गर्न असफल भएको जनाएको छ ।

डब्लूएचओका अनुसार उज्वेकिस्तान गणतन्त्रको स्वास्थ्य मन्त्रालयको राष्ट्रिय गुणस्तर नियन्त्रण प्रयोगशालाहरूद्वारा गरिएको कफ सिरपको नमूनाहरूको प्रयोगशाला विश्लेषणले दुवै उत्पादनहरूमा डाइथिलिन ग्लाइकोल र इथिलिन  ग्लाइकोलको मात्रा अस्वीकार्य रूपमा प्रयोग भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार