Logo
२०८१, १ श्रावण मंगलवार
|  Tue Jul 16 2024

थप २५ सय ५९ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा नेपालमा २५ सय ५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ४१० जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ७६ हजार ७५५ जना निको भएका छन् । यही अवधिमा ५ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार