
चीनको जनसंख्या ६० वर्षमा पहिलो पटक घटेको छ, ।
राष्ट्रिय जन्मदर रेकर्ड प्रति १ हजार व्यक्तिमा ६ दशमल ७७ जन्म रहेको छ । सन् २०२२ मा देशको जनसंख्या साढे ८ लाख घटेको छ । जनसंख्यामा देखिएको यो गिरावट देशले अंगीकार गरेको एक सन्तानको नीतिको नतिजा रहेको जनाइएको छ । चीन अहिलेसम्म विश्वमै सबैभन्दा बढी जनसंख्इा भएको देश हो ।
तर, केही वर्षपछि भारतले उछिन्ने विभिन्ने प्रक्षेपणले देखाएका छन् ।