Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

उत्तर कोरियाद्धारा पुनः ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण


उत्तर कोरियाले आज ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । सिन्पो भन्ने ठाउँ नजिकबाट पूर्वी सागरसम्म उक्त क्षेप्यास्त्र उडेको दक्षिण कोरियाको सेनाले जनाएको छ । सिन्पोमा उत्तरले ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्न सक्ने नयाँ पनडुब्बी बनाइरहेको छ ।

उत्तर आफैंले यस विषयमा जानकारी दिएको छैन । यो नयाँ क्षेप्यास्त्र ४३० देखि ४५० किलोमिटर परसम्म उडेको स्रोतलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार संस्था योन्हापले खबर दिएको छ ।

उत्तर र दक्षिण कोरियाबीच दैनिक बिहान ९ बजे र अपराह्न ५ बजे फोनवार्ता हुने गरेको छ । तर उत्तरले क्षेप्यास्त्र परीक्षण गरिँदै गरेको विषयमा कुनै जानकारी नदिएको दक्षिणका अधिकारीहरू बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !
विचार