Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

भारतमा भारी वर्षापछि आएको बाढीमा परी तीन नेपाली मजदुरको मृत्यु


भारतको उत्तराखण्डमा वर्षापछि आएको बाढीमा परी तीन नेपाली मजदुरको मृत्यु भएको छ। इन्डिया टुडेले उल्लेख गरेअनुसार सोमबार बाढीको कारण उत्तराखण्डमा मृत्यु हुने पाँचमध्ये तीन नेपाली मजदुर हुन्। उत्तराखण्डको पाउरी जिल्लाको सामखालमा टेन्टमा बसेका तीन मजदुरको बाढीले बगाउँदा मृत्यु भएको हो। यद्यपि समाचारमा उनीहरुको पहिचान भने खुलाइएको छैन।

उत्तराखण्डमा आएको बाढीसँगै राज्यका अधिकारीहरुले चारधाम यात्रा नगर्न तीर्थालुहरुलाई सुझाएका छन्। यसअघि भारतको मौसम विभागले उत्तराखण्डको १३ जिल्लामा आइतबारदेखि मंगलबारसम्म भारी वर्षा, चट्याङ, असिनापानी र हावाहुरी आउन सक्ने बताएको थियो।

भारी वर्षाको कारण आएको बाढीको कारण रामनगर–रानीखेत रुटको लेमन ट्रि रिसोर्टमा रहेका करिब एकसय मानिसहरु थुनिएका छन्। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार अहिले उनीहरुको उद्धारको काम चलिरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार