Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

बझाङको थलारामा पहिरो जाँदा २३ जना बेपत्ता


बझाङको थलारामा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले जानकारी दिए। उनका अनुसार गाँउ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भएका छन्। तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानिय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेका छन्।

यस्तै, गाँउभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका ७ घर पुरिएका छन्।यता, सुदूरपश्चिम प्रदेशका प्रहरी प्रवक्ता एसएसपी बिक्रम चन्दले त्यहाँका स्थानीय सम्पर्कविहीन भएको जानकारी आए पनि पुष्टि भइनसकेको जानकारी दिए। ‘प्रहरीको टोली घटना भएको भन्ने स्थानमा गइरहेको छ। प्रहरीको रिपोर्ट नआइकन यकिन हुँदैन,’ उनले भने,‘त्यहाँ फोन सम्पर्क हुन नसकेकाले समस्या देखिएको छ।’

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !
विचार