Logo
२०७९, २५ माघ बुधबार
|  Wed Feb 8 2023

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै, तोलाको १ लाख ६ हजार ३०० पुग्यो


नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाला सुन प्रति तोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड पनि हो । यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको छ।

चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार