Logo
२०८०, ८ आश्विन सोमबार
|  Mon Sep 25 2023

डा. तोषिमा कार्कीको त्यो स्टाटसः केहि क्षणमै सामाजिक सञ्जालबाट हट्यो


राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व स्वास्थ्य रक्षामन्त्री डा. तोषिमा कार्कीले सञ्चारकर्मीहरुप्रति सुझाव दिँदै एक स्टाटस लेखेकी थिइन् । तर स्टाटस सार्वजनिक गरेको केही क्षणमै उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट हटाएकी छिन् ।

उनले त्यो स्टाटस किन हटाइन् भन्ने धेरैले प्रश्न गरीरहेका छन् ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको आलोचना गरेपछि सो पार्टीर्की सांसद तथा पूर्व स्वास्थ्य रक्षामन्त्री डा. कार्कीले पनि सञ्चारकर्मीहरुप्रति आलोचना गर्न थालेकी हुन् ।

एक अस्पतालको उद्घाटनमा दुइटा रिवन काटेको, आत्मदाह गरेका इलामका प्रेम प्रसाद आचार्य सन्तोषलाई भेटेको लगाएतका समाचारहरुप्रति असमर्थ जनाउँदै उनले आलोचना गरेकी थिइन् ।

उनले लेखेकी थिइन्  “राज्यको चौथो ठूलो पार्टिले समाजको चौथो ठूलो अङ्गलाई सहि र सत्य–तथ्यपरक समाचार लेखि सुशासन कायम गर्ने अभियानमा हात बटाउनलाई दिईएको सुझाब हो ।”

तर तोषिमा कार्कीले आफ्नो यो स्टाटस केही समयमै सामाजिक सञ्जालबाट हटाएकी छिन् ।

उनले लेखेको स्टाटस यस्तो  थियो :


प्रतिक्रिया दिनुहोस !
विचार