Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

१० बुँदे सहमति एकतारे नभइ पार्टी एकता बचाउन बजाइएको ११ तारे विगुल हो: भीम रावल


नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति ‘एकतारे’ नभइ पार्टी एकता बचाउन बजाइएको ११ तारे विगुल भएको बताएका छन् । बिहीबार उपाध्यक्ष रावलले समाजिक सञ्जाल ट्वीटमार्फत नेकपा एमाले भित्रको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति ‘एकतारे’ नभइ पार्टी एकता बचाउन बजाइएको ११ तारे विगुल भएको बताएका हुन् ।

बुधबार एमाले बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब १० बुँदेको ट्यान्ड्याङ धैरै नबजाउन भनेका थिए ।

अध्यक्ष ओलीको उक्त भनाइको रावलले जवाफ फर्काएका हुन् । ओलीलाई जवाफ फर्काएका रावलले  ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक  भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार