Logo
१८ आश्विन २०८३, आईतवार
|  Sun Oct 4 2026

२०० रुपैयाँले बढ्याे सुनकाे मूल्य


नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २०० रुपैयाँले बढेको हाे । यसअघि  मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यता,  तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो  त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।


प्रतिक्रिया दिनुहोस !
विचार