Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

एमाले कालिञ्चोक ९ को अध्यक्षमा कृष्णप्रसाद पकुवाल


नेकपा एमाले कालिञ्चोक गाउँपालिका वडा नं. ९ को अध्यक्षमा कृष्णप्रसाद पकुवाल चयन भएका छन् । वडा न. ९ को आज भएको प्रथम वडा अधिवेशनले पकुवाललाई अध्यक्षमा चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा तीर्थबहादुर थामी, सचिवमा तीर्थराज मैनाली, उपसचिवमा शेर बहादुर थामी र रञ्जू धौलाकोटी चयन भएका छन । अधिवेशनले जलहरि खड्काको अध्यक्षतामा ६५ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल गठन गरेको छ भने कविता दाहालको अध्यक्षतामा ३५ सदस्यीय अखिल नेपाल महिला संघ गठन गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार