Logo
१४ असार २०८३, आईतवार
|  Sun Jun 28 2026

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु


ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका-४ बागडोल आकाशेपुलस्थित सडकमा बागमती प्रदेश ०२-०४३ प ६१४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मकवानपुर भिमफेदी गाउँपालिका-२ घर भएका २२ वर्षीय सागर आलेमगरको मृत्यु भएको प्रहरीको भनाइ छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार