Logo
१४ असार २०८३, आईतवार
|  Sun Jun 28 2026

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध


सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । आज दिउँसो इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खस्दा सडक बन्द भएको हो ।

पहिरो खसेपछि सडकमा गाडी लाम लागेको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज बिहान पनि त्यही ठाउँमा पहिरो खस्दा सडक खण्ड एक घण्टा बन्द भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार