Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

पाँचथर दुर्घटना : दुई जनाको मृत्यु, अस्पताल लैजान एम्बुलेन्सकाे अभाव


पाँचथरको फिदिममा आज भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ । घटनामा अन्य ६२ जना घाइते भएका छन् । पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बर बस सोमबार दिउँसो फिदिम नगरपालिका–४ सरखण्डेमा दुर्घटना भएको हो ।

घटनामा गम्भिर घाइते भएकामध्ये समर्पित अस्पतालमा पुर्याइएका एक बालक र एक महिलाको ज्यान गएको जिप्रका पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । उनीहरूको सनाखत भएको छैन । घाइतेमध्ये जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचार भइरहेको र अन्यत्र रिफर गर्नका लागि तत्काल एम्बुलेन्स अभाव भएकाले समस्या भएका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार जिल्ला अस्पतालमा १० जनाको उपचार भइरहेकोमा उनीहरुलाई पनि थप उपचाका लागि अन्यन्त्र पठाउनुपर्नेमा समस्या भएको बताए । दुर्घटनामा अन्य ६२ जना घाइते छन्। घाइतेमध्ये १५ बालबालिका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार