Logo
१६ बैशाख २०८३, बिहीबार
|  Thu Apr 30 2026

भरतमणिसँगको भेटमा पारसले दिए यस्तो प्रतिक्रिया


कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’मा भरतमणि पौडेलले पूर्व युवराज पारस शाहको अभिनय गरे । पारसको गेटअपमा देखिएका भरतमणिको अभिनयलाई दर्शकले खुबै मन पराए ।

भरतमणिलाई भने पारस शाहले उनको अभिनयको बिषयमा के भन्छन् भन्ने कौतुहलता थियो । उनले शुक्रबार काठमाडौंको शेर्पा मलमा पूर्व युवराजसँग भेटेका छन् । पारस निकट व्यक्तिको सम्पर्कमा रहेका भरतमणिले उनकै सहयोगमा पारससँग भेट गरेका हुन् । भरतमणिसँग ‘कमेडी च्याम्पियन’को पहिलो सिजनका प्रतिस्पर्धी सुमन कोइराला पनि भेटमा सहभागी थिए ।

पहिलो भेटमा नै वर्षौपछि भेट भएको साथी जस्तो व्यवहार देखाएको भन्दै भरतमणिले आफू उनको प्रशंसक भएको बताए । भरतमणिले आफ्नो क्यारिकेचर गरेको विषयमा पारसले रमाइलो लागेको प्रतिक्रिया दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार