देशको सर्वोच्च एवं कार्यकारी पदमा पुष्पकमल दाहाल प्रचण्ड, शेर बहादुर देउवा, खड्ग प्रसाद ओली, माधव कुमार नेपाल, डा.बाबुराम भट्टराई, झलनाथ खनाल जस्ता महान ब्यक्ति र ब्यक्तित्व पदासिन र बिराजमान हुन पाउने अनि ल्हारक्याल लामा चाहिँ लुम्बिनी बिकाश कोषको उपाध्यक्ष हुन किन नपाउने हो ? के कति कारण ले उनी अयोग्य ?
हालको संविधान, ब्यवस्था, अवस्था कुनैपनि रुप बहानामा जुनसुकै तवर तह तप्का कोण बाट स्वीकार गर्ने, प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग, समर्थन, जगेर्ना, संरक्षण, संबद्र्धन, उपयोग एवं उपभोग गर्नेहरुको हकमा ल्हारक्याल लामाको न्युक्तिको विरोध गर्नु भनेको कुकुर भुकाईू नै हो, होइन र ?
मुल रोगको उपचार गर्नबाट पन्छिने, सघन शल्यक्रिया देखि डराउने, किराले खाएर गलाइ सकेको रुखलाई फगत एवं मनोगत तथा उपलब्धिहिन औषधि उपचार गर्ने तर निदानमा शक्ति सामथ्र्य प्रयोग नगर्ने, चटके, चंखे, चाटुकारीता, चतुरयाइँमा रमाउने प्रवृत्तिका धनी हामी, हाम्रो पुस्ता त बर्बाद गरेर नअघाएका , बुद्धि नपलाएका हामी हाम्रो भावी पुस्ता देश समाज बर्बाद पार्न कसिएको उद्यत रहेको पनि भान पाउन नसक्नु गम्भीर विषय हो ।
सबैले हेक्का राखौं :
देश जनता र नागरिक मतदाता ढाँट्नु देशद्रोह नै हो । सबैभन्दा ठूलो अक्षम्य अपराध सहितको भ्रष्टाचार हो र भ्रष्टाचार गर्नु आमाको रगत खानु नै हो । आफैले गरेको लिखित सहमति, सम्झौता, समझदारी कार्यान्वयन नगर्नु त्यसबाट पन्छिनु पनि भ्रष्टाचार नै हो र भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह नै हो । पशुपतिनाथले सबैलाई समय मै सदबुद्धि प्रदान गरुन् ।
( डा. मनोज कुमार झा राष्ट्रिय नागरिक आन्दोलन राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक हुन् )






