Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

झारफुक गर्ने क्रममा शरीरका विभिन्न भागमा टोकेर श्रीमती र छोरीको हत्या


झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा इलाम प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलाम देउमाई नगरपालिका–५ बारुङ का ३३ वर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार बिहान ६ बजे उनले आफ्नै घरभित्र घर परिवारका सदस्य राखी धामी बसी विगतदेखि बेला बखत बेहोस हुने बिरामी रहेकी श्रीमती ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको हो।

घटनाको जानकारी पाएलगतै अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरी टोलीले कमल तामाङलाई नियन्त्रणमा लिएको हो। घटनाको अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार