Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

६०० भन्दा बढी पालिकामा एमालेद्धारा सर्वसम्मत नेतृत्व चयन


नेकपा एमालेले मङ्‍गलबार देशभर पालिका अधिवेशन सम्पन्न गरेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अहिलेसम्म १०० भन्दा बढी पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको जानकारी प्राप्त भएको बताए।

‘६०० भन्दा बढीमा अधिवेशन सुरु भएको छ। १०० भन्दा बढीमा सर्वसम्मत नेतृत्व चयन भइसकेका छन्,’ उनले भने, ‘बाँकी अधिवेशन सुरु भएका पालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भइरहेको छ।’

उनले अधिवेशन बाँकी भएका पालिका र वडाको अधिवेशन कात्तिक मसान्तभित्रमा सक्ने बताए।मंगलबार दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले एकैपटक देशभरका पालिकास्तरको अधिवेशन उद्घाटन गरेका थिए। ७५३ पालिकामध्ये बाँकी रहेका पालिकाहरुमा बाढीपहिरो लगायतका कारणले अधिवेशन सरेको कार्यालय सचिव तामाङले बताए।

 


प्रतिक्रिया दिनुहोस !
विचार