Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

बढ्यो तरकारीको मूल्य, गाेलभेडाकाे भाउ १६० नाघ्याे


कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेडा सानो ९५, घिउ सिमी लोकल ८०, काउली स्थानिय प्रतिकेजी ८०, आलु रातो ५०, मुडे आलु रातो ४१, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५८, लौका ७०, हरियो फर्सी ९०, घिरौला ४० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ४०, गाजर ११०, मूला सेतो ४०, सेतो मूला ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ५०, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २००, कागती १३० रुपैयाँ, भिण्डी ५०, पिंडालू ५०, न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ८० रुपैयाँ, लोकल काक्रो ९०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार ३५० रुपैयाँ, नासपाती ७०, आभोकाडो ५००, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी ५०, हरियो धनिया ३५०, लसुन हरियो २५०, खुर्सानी सुकेको ४५०,नेपाली लसुन २४०, चाइनिज लसुन २६०,रुख कटहर ३५, छ्यापी सुकेको २३०,भेडे खुर्सानी ८० मा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार