Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

बढ्यो ग्याँस, पेट्रोल र डिजेलको मूल्य


पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले बिहिबार राती एक विज्ञप्ती जारी गर्दै शुक्रबार बिहान एक बजेबाट लागू हुने गरीे पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ बढाएको हो ।

निगमले जारी गरेको विज्ञप्तीमा पेट्रोल लिटरमा चार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ बढेको उल्लेख छ । त्यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर दुई सय ३५ रूपैयाँ बढाइएको छ।

अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको १६७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ पुगेको छ । स्वचालित मूल्य प्रणाली लागू भएपछि मूल्य पन्ध्र पन्ध्र दिनमा समायोजन हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार