Logo
४ श्रावण २०८३, सोमबार
|  Mon Jul 20 2026

बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेद्वारा दाबी पेस, भोलि शपथ


बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेश सभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र बुझाएका छन् । उनको समर्थनमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार वटा राजनीतिक दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम नयाँ सरकार गठन गर्न कात्तिक ११ गते दिउँसो ३ बजेसम्म समयसीमा निर्धारण गरे अनुसार मुख्यमन्त्री पदका लागि प्रत्यासी पाण्डेले आजै दाबी पत्र दर्ता गराएका हुन् ।

यसअघि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिएको राजीनामा आजै स्वीकृत भएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकारको दाबी गर्न आह्वान गरेका थिए । मुख्यमन्त्रीमा पाण्डेसहित चार मन्त्रीको भोलि शपथग्रहण हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार