Logo
२०८१, २८ भाद्र शुक्रबार
|  Fri Sep 13 2024

हाम्रो भविष्यको संक्षिप्त दृश्य : डा. मनोज कुमार झा


धर्म-निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र ले दिएको-ल्याएको उपलब्धि र उपहार ।।
हामी वास्तविक रुपमै अग्रगामी युगान्तकारी क्रान्तिकारी छलाङ हान्दै हो त ?
एकपटक यता बिचार गरौं त ।
यो डाटा / तथ्यले के उजागर गर्न खोज्दैछ त ?
एउटा तथाकथित अन्तर्राष्ट्रिय संस्थाले सन् 2007 देखि नेपालका मिडिया र पत्रकारमा 13,90,000 US डलर, वकिल र न्यायिक क्षेत्रमा कार्यरतलाई 30,00,000 US डलर, राजनीतिक दलका नेतालाई 30,00,000 US डलर र 14,00,000 US डलर अभियन्ता, राजनीतिक विश्लेषक र नागरिक समाजलाई वार्षिक रुपमा आर्थिक सहयोग गर्दो रहेछ । यो डाटा त अरुहरुको तुल्नामा एकदमै सानो र सांकेतिक मात्र हो, है । यो डाटा एउटामात्र संस्थाको हो, यस्ता यस्ता धेरै संस्थाहरु वैध र अवैध रुपमा नेपालमा क्रियाशिल छन् ।
सामाजिक न्याय, न्यायीक एवं लैङ्गिक समान्ता, अधिकार, पहिचान, धार्मिक स्वतन्त्रता, प्रजातन्त्र – लोकतन्त्र – गणतन्त्र, संघीयता, कानुनी राज्य, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, बाल अधिकार, महिला अधिकार, यौन अधिकार, मानवअधिकार, चर्च निर्माण, मस्जिद निर्माण लगायतका अन्य विविध शिर्षक एवं विषयवस्तु माथी UMN (UNITED MISSION TO NEPAL) को झन्डै 13 अर्ब, युनिफिकेसन चर्चको झन्डै 45 अर्ब, UNDP, MCC, CARE INTERNATIONAL, लगायतका झन्डै सानो-ठुलो गरि 1500 अन्य विभिन्न INGO – NGO र विभिन्न राजदुतावासको लगानी ।
आखिर, अन्तर्राष्ट्रिय शक्ति केन्द्र र विभिन्न अन्तर्राष्ट्रिय संस्थाले नेपालमा यतिको प्रत्यक्ष लाभहिन रकम लगानी किन गरिरहेका होलान् ? कहिल्यै सोंचेका छौं हामी ?
न यो र यस्ता खाले लगानी ले प्रत्यक्ष रुपमा कुनै ब्यबसाय वा उद्योग नै स्थापना भएको छ र न कुनै दीर्घकालीन प्रत्यक्ष रोजगारीको अवसर नै प्रदान गरेको छ वा न कुनै समृद्धिको ढोका नै खोलेको छ ।
अनि फाइदा के त ?, लगानीकर्ताहरु लाई ।
कसैले पनि त्यत्तिकै त लगानी गर्दैन होला नि, है ?
नोट :- अब आफै सोंचौ देश कता जाँदैछ र हाम्रो भविष्य के हुने हो ?
(लेखक राष्ट्र बचाउ अभियान एवं राष्ट्रिय नागरिक आन्दोलनका राष्ट्रिय संयोजक हुन् )


प्रतिक्रिया दिनुहोस !
विचार