नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ। दिउँसो ४ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
बैठकमा राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकाबारे पनि छलफल हुनेछ। अहिले देशभर एमालेको पालिका अधिवेशन जारी रहेको छ। कतिपय स्थानमा नेतृत्व चयन भइसकेको छ भने कतिपय स्थानमा नेतृत्व चयनको प्रक्रिया शुरु भएको छ।
बैठकमा भोलि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे छलफल हुने पार्टी कार्यालयका सचिव तामाङले जानकारी दिए।





