Logo
४ श्रावण २०८३, सोमबार
|  Mon Jul 20 2026

बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले आज शपथ लिँदै, को-को बन्दैछन् मन्त्री ?


एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् ।अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएसँगै गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा दाबी पेस गरेको छ। गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै ५९ जनाको हस्ताक्षर हिजै साँझ बुझाइ सकेको छ।

प्रदेश प्रमुखको कार्यालयले पनि बिहीबार दिउँसो ३ बजेभित्र मुख्यमन्त्रीमा दाबी गर्न समय दिएको थियो । बागमती प्रदेशसभामा रहेका १०९ सांसदमध्ये सरकार बनाउन ५५ जना आवश्यक पर्छ। पाण्डेलाई आफ्नै पार्टी एकीकृत समाजवादीको १३, नेकपा माओवादी केन्द्रका २३, कांग्रेसको २२ र जसपाको १ गरी ५९ जना सांसदको समर्थन छ। एमालेमा भने पार्टी विभाजनपछि अहिले जम्मा ४३ जना सांसद छन्। मुख्यमन्त्रीमा पाण्डे दिउँसो ३ बजेपछि नियुक्त हुने सम्भावना रहेको छ।

मुख्यमन्त्रीमा पाण्डेको नियुक्ति हुने तयारी भइरहँदा गठबन्धनबाट नयाँ बन्ने सम्भावित मन्त्रीको नामबारे चर्चा भइरहेको छ। सम्भावित नाममा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान,नेपाली काँग्रेसका कृष्ण भँडेल र नेकपा (एकीकृत समाजवादी)का कृष्ण खनाल छन्।

मुख्यमन्त्रीसहित मन्त्री नियुक्तपछि दिउँसो ४ बजे शपथको तयारी भैरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार