Logo
२०८०, २३ मंसिर शनिबार
|  Sat Dec 9 2023

प्रधानमन्त्री दाहाल भुकम्प प्रभावित क्षेत्रमा, स्वास्थ्यकर्मीको टोली पनि सँगै


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र गएका छन् ।

जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर गए राति ११ः ४७ मा ६.४ म्याग्निच्युडको भूकम्प गएपछि प्रधानमन्त्री दाहाल त्यसतर्फ गएका हुन् । प्रधानमन्त्रीको साथमा १६ जना स्वास्थ्यकर्मीको टोली र आवश्यक उद्धार सामग्री रहेको छ ।

गए रातीको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको छ । राती ११ः ४७ पछि पनि ४.८, ४.२, ४.३ म्याग्निच्युडको भूकम्प गइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार