Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

उपत्यकामा देउसी भैलो खेल्ने समय तोकिएन, राती कति बजेसम्म खेल्न पाइन्छ ?


काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा रात्रिकालिन समयमा देउसी भैलो खेल्ने समय यसपटक तोकिएको छैन ।

अघिल्ला वर्षहरुमा सुरक्षाको कारण देखाउँदै राती निश्चित समयपछि देउसी भैलो खेल्न नपाइने भनिने गरिएको भएपनि यस वर्ष समय सिमा तोकिएको छैन ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राती १ बजे सम्म देउसी खेल्न महानगरपालिकाका नगर प्रहरीले महानगरभित्र सुरक्षा दिने र त्यसमा साथ दिन भन्दै जिल्ला प्रशासन कार्यालयलाई पनि आग्रह गरेपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय नैतिक दबाबमा परेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार