
लक्ष्मीपूजा गर्दा सल्किएको आगोले मोरङको उर्लाबारीमा ठूलो क्षती पु¥याएको छ । उर्लाबारीका दीपक कार्कीको घरमा रहेको सुन पसलमा लक्ष्मीपूजा गर्दा सल्किएको आगो निभाउन खटिएका केही प्रहरी घाइते समेत भएका छन् । आगलागीबाट २८ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ । हाल घाइतेह?को विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यस्तै लक्ष्मी पूजाका दिन सुनसरी, संखुवासभा लगायतका जिल्लामा पनि आगलागीका घटना भएका छन् । आइतबार राति सुनसरी सदरमुकाम इन?वामा वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी हुँदा ५० लाख मूल्य बराबरको क्षति भएको इन?वाबाट प्राप्त खबरमा जनाइएको छ । लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटका जैनको घर पछाडि रहेको ?खको बोट नजिक खस्दा आगलागी भएको इन?वा प्रहरीले जनाएको छ । आगलागीबाट घरसँगै घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्ण?पमा जलेर नष्ट भएको छ । घटनाबारे थप विवरण आउँन बाँकी रहेको छ ।
यस्तै संखुवासभामा लक्ष्मीपूजा गर्दा बालेको दियोबाट आगो सल्किँदा एक घरमा पूर्ण ?पमा क्षति भएको छ । संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलस्थित लिला राईको घरमा लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्किँदा घर पूर्ण?पमा क्षति भएको हो । संखुवासभा प्रहरीले दिएको जानकारी अनुसार आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा, खाद्यान्न, नगद ३१ हजार र घर परिसरमा पार्किङ गरी राखिएको एक अटो जलेका छन् ।
उता खोटाङको हलेसीमा पनि हलेसीमा आगलागी कारण एउटा घरमा क्षति पुगेको छ । खोटाङको तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति भएको जनाइएको छ । घरमा जडान गरिएको विद्युतको मिटरबक्सबाट सल्किएको आगोले उनको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद दुई लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपुर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, काठपातलगायत सामग्री जलेर पूर्ण?पमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा करिब दुई घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो । यसैबीच पटका बेच्ने र पड्काउनेमाथि काठमाडौं लगायतका जिल्लामा प्रशासनले निगरानी नबढाएको भन्दै आलोचना भएको छ । जनस्तरमा आतंक नै फैलाउनेगरी केहीले पटका पड्काएको भन्दै प्रशासनको आलोचना भएको हो ।
पटकाका कारण देशका विभिन्न स्थानमा आगलागीका गम्भिर घटना भएका खबर आइरहँदा पटका बेच्न र पडकाउन नै प्रतिबन्ध लगाउँनुपर्ने आवाज उठिरहेपनि जिल्ला प्रशासन कार्यालयह?ले भने आफूह?ले निगरानी गरिरहेको जनाएका छन् । केही स्थानबाट पटका जफत गरिएको र केहीलाई नियन्त्रणमा समेत लिइएको प्रहरीको भनाई छ । जथाभावी पटका पड्काइए आजबाट कडा भन्दा कडा कारबाही हुने जिल्ला प्रशासन कार्यालयह?ले जनाएका छन् ।