Logo
४ श्रावण २०८३, सोमबार
|  Mon Jul 20 2026

प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे सत्ता गठबन्धनमा छलफल भएको छैन : माधव नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउनेबारे सत्ता गठबन्धनमा अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् । जबराको राजीनामा मागसँगै महाभियोग लगाउनुपर्ने आवाज उठिरहेका बेला सत्ता साझेदार एक पार्टीका अध्यक्ष नेपालले आज बिहीबार बिहान धनगढीमा पत्रकारहरूसँग यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले महाभियोगबारे छलफल पनि गरेका छैनौँ, म बाहिरको बाहिर छु । हाम्रो पाँच दलको बैठक पनि बसेको छैन ।’ केही दिन अघि मात्र एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना फैसला गर्ने सबै न्यायाधीशको राजीनामा माग गरेका थिए । तर, नेपालले उक्त विषय नाजायज र अनुचित भएको बताए । ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको नेपालको जिकिर छ ।

मन्त्रिषपरिसद्मा भागवण्डा खोजेको भन्दै प्रधानन्यायाधीश जबराविरुद्ध चर्को आवाज उठेको छ। यो प्रकरणले अदालतको दैनिक काम प्रभावित बनेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार