Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

स्पाका नाममा वेश्यावृत्तिमा लगाएको आरोपमा एक सञ्चालक पक्राउ


स्पाका नाममा युवतीहरुलाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा प्रहरीले एक स्पा सञ्चालकलाई पक्राउ गरेको छ । काठमाडौंको रातोपुलस्थित एक स्पा सेन्टरमा छापा मारेर प्रहरीले सञ्चालकलाई पक्राउ गरेको हो । रातोपुलमा नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टर नामबाट सञ्चालन हुँदै आएको स्पा सेन्टरमा अवैध धन्दा भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

गाउँका युवतीहरुलाई आकर्षक जागिर दिने भन्दै प्रलोभन देखाएर काममा लगाउने र पुरुषहरुसँग अश्लिल क्रियाकलाप गरेको भिडियो, फोटो आफूसँग सुरक्षित छ भन्दै युवतीहरुलाई स्पा सञ्चालकले धम्क्याउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । पक्राउ परेका सञ्चालक दिनेश पौडेल विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाही प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार