सरकारले संसद अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । सत्ता गठबन्धनमा अधिवेशन अन्त्य गर्ने सहमति जुटेको बताइन्छ ।
विपक्षीको अवरोध र विरोध प्रदर्शनका कारण संसद अधिवेशन अगाडि बढाउन नसकेपछि सरकारले बिहीबार संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
मन्त्रिपरिषद् बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । सो बैठकले जारी अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।





