विवेकशील–साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको राजनीतिक दस्तावेजलाई सो पार्टीको केन्द्रीय समिति बैठकले पारित गरेको छ । केन्द्रीय समितिका दुईतिहाइ सदस्यहरूको समर्थनमा दस्तावेज पारित भएको हो ।
मिश्रले केही समयअघि संघीयता खारेज गर्नुपर्ने तथा धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मतसहितको राजनीतिक दस्तावेज सार्वजनिक गरेका थिए । उक्त दस्तावेजमा संयोजक मिलन पाण्डे असन्तुष्ट भएपछि पार्टीमा विवाद बढेको थियो ।
मिश्रले एकतर्फीरूपमा केन्द्रीय कमिटी बैठक बोलाएर दस्तावेज पारित गराएका हुन् । संयोजक पाण्डेले पार्टीमा एकलौटी निर्णय गराएर मिश्रले पार्टी पुन फुटाएको आरोप लगाएका छन् । पाण्डे समूह आजको बैठकमा उपस्थित भएको थिएन ।





