Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दामा आज होला त फैसला ?


क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दा आज फैसला हुने भएको छ । लामिछानेविरुद्धको मुद्धा न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ । आइतबार फैसला हुने भनिएको मुद्दा न्यायाधीश ढकालको इजलासमा परेको हो ।

नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा २०७९ कात्तिक १४ गते क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको भन्दै गौशाला २६ को जाहेरीले नेपाल सरकार वादी भई मुद्दा दायर भएको थियो ।

अभियोजनमा पीडित किशोरीको जन्ममिति २०६२ जेठ १८ रहेको र वारदताको समयमा १७ वर्ष ३ महिना रहेको दावी गरिएको छ । तर प्रतिवादी तर्फका कानुन व्यवसायीले भने पीडित भनिएकी किशोरीको उमेर १८ वर्ष २ महिना रहेको र उनको जन्ममिति २०६१ असार १८ गते रहेको कागजात पेश गर्दै सफाई पाउनुपर्ने दलील पेश गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार