Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

नेपाल प्रहरीका सई उपाध्याय आफ्नै घरमा मृत फेला


भक्तपुरमा नेपाल प्रहरीका एक जना सई मृत फेला परेका छन् । भक्तपुरको सिपाडोलस्थित आफ्नै घरमा प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण उपाध्याय मृत फेला परेका हुन् ।

भक्तपुरका एसपी वेद विष्टले प्रहरी प्रधान कार्यालयमा कार्यरत ४४ वर्षीय सई उपाध्याय आफ्नै घरको तेस्रो तलामा कोठा भित्र मृत अवस्थामा भेटिएको जानकारी दिए ।

घटनाको जानकारी लगत्तै तत्काल प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिएर थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार