Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

देशभरिको तापक्रम घट्ने क्रममा, चिसोबाट बच्न मौसमविद्को अनुरोध


देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो बढिरहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेका हुन् ।

अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।

मौसमविद् पुडासैनीका अनुसार केही दिनलाई ठुलो मौसमी प्रणालीको भने प्रभाव रहेको छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार