आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको दिनको अवसरमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन शुरु गरिएको हो ।
विसं २०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरिएको हो । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रतिमहिना १ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन शुरू गरेको थियो ।
एक एकसय रुपैयाँबाट शुरु भएको मासिक भत्ता सरकारले अहिले ४ हजार रुपैयाँ पुर्याएको छ ।