Logo
२०८१, १ श्रावण मंगलवार
|  Tue Jul 16 2024

प्रधानाध्यापकको हत्यामा संलग्न पक्राउ गर्न प्रहरीले चलायो गोली


बाराको एक निजी विद्यालयका प्रधानाध्यापकको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारी सुकलहियाका २५ वर्षीय सुजितकुमार सिंह रहेका प्रहरीले जनाएको छ । सिंहलाई विश्रामपुर गाउँपालिका–३ सीमा नजिकैबाट दुई राउन्ड गोली हानेर पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जनाएका छन्।

उनीसँग प्रहरीले एक थान पेस्तोल र ४ थान गोली सहित नियन्त्रणमा लिएको हो । सिंहको दुईवटै खुट्टामा गोली लागेको छ । उनको कलैया अस्पतालमा उपचार भैरहेको काफ्लेले जनाएका छन्।

गएको असोज १३ गते कलैयाको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोली हानी हत्या भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार