Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु, मन्त्रीको गाडीमा आगो लगाईयो


ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । दुईजना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन गोली चलाउँदा उक्त गोली लागेर घाईते भएका एक पुरुषको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । यस्तै आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । घटनामा अन्य केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार