सिन्धुपाल्चोकको तीनकुण्ड केन्द्रबिन्दु भएर आज बिहान १० बजेर १७ मिनेटमा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । क्षतिबारे विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो ।
यस अघि गत आइतबार पनि राती १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको थियो ।