Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

बंगलादेशमा शेख हसिना फेरि प्रधानमन्त्री बन्दै, हसिनाको पार्टीको दुई तिहाई


बंगलादेशकी प्रधानमन्त्री शेख हसिना फेरि प्रधानमन्त्री बन्दै छिन् ।

बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले दुई तिहाई मत प्राप्त गरेपछि उनी लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेकी हुन् । बंगलादेशमा प्रमुख प्रतिपक्षी दल सहितका पार्टीहरुले निर्वाचन बहिष्कार गरेका थिए ।

३०० सिटका लागि भएको आम निर्वाचनमा बंगलादेश अवामी लिगले करिब २०० सिटमा जित हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको बंगलादेश नेशनलिस्ट पार्टी सहितका पार्टीहरुले निर्वाचन धाँधलीरहित हुन नसक्ने भन्दै निर्वाचन बहिष्कार गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार